"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शाखा अधिकृतको परीक्षा लोक सेवाले स्थगित गर्‍यो

प्रकाशित मिति :  7 February, 2023 11:39 am


काठमाडौं । माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।

लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी