"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रहरीको आग्रह : अनलाइन ठगी बढ्दो छ, सबै सचेत बनौ

प्रकाशित मिति :  15 February, 2022 4:21 pm


काठमाडौं । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ ।

अपराधिक समूहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करवापतको भन्दै पैसा माग्ने गरेको भन्दै सचेत रहन ब्यूरोले जनाएको छ ।

त्यस्तै, आपराधिक समूहले बैंक र अनलाइन भुक्तानी प्रणालीमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले आफ्ना पासवर्ड र ओटीपी कोड तथा सुरक्षा एसएमएस नदिन आग्रह गरेको छ ।

विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सर्वसाधारणले थाहै नपाई ठगिन सक्ने भन्दै प्रविधिको दुरुपयोगबाट बच्न साइबर ब्यूरोका प्रवक्ता एसएसवी नविन्द अर्यालले आग्रह गरेका छन् ।

साथै, विद्युतीय कारोबार गर्दा हुने जोखिमका बारेमा जारी हुने राष्ट्र बै‌कको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको सूचनाबाट समेत जानकारी लिन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द