"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले मन्त्रालयहरूका कार्ययोजनालाई एकीकृत रूप दियो, के-के छन् प्राथमिकता ?

प्रकाशित मिति :  7 February, 2023 5:26 pm


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रपिरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरीय बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयले बनाएको कार्ययोजनालाई एकीकृत रूप दिएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई आफ्नो आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम सबै मन्त्रालयहरुले आफ्नो-आफ्नो कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत रूप दिएको बताइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत मन्त्री राइले बताइन् । मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी