"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकामा ट्राफिक जरीवाना तिर्न मेसिनको व्यवस्था

प्रकाशित मिति :  24 January, 2022 1:58 pm


काठमाडौं । काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक नियम उल्लंघन गरेबापत चालकले जरीवाना तिर्न पाउने भएका छन्।

यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरू भएको यो सेवा आइतबारदेखि गौशाला, कोटेश्वर, गठ्ठाघर, थापाथली, मालीगाउँ र दरबारमार्गबाटसमेत तिर्न पाउने गरि विस्तार गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रम बिच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु(पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताले जरीवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सहज होस् भन्न सेवा विस्तार गरिएको बताए।

उनले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको जानकारी दिए। ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरीवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार