"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकामा ट्राफिक जरीवाना तिर्न मेसिनको व्यवस्था

प्रकाशित मिति :  24 January, 2022 1:58 pm


काठमाडौं । काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक नियम उल्लंघन गरेबापत चालकले जरीवाना तिर्न पाउने भएका छन्।

यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरू भएको यो सेवा आइतबारदेखि गौशाला, कोटेश्वर, गठ्ठाघर, थापाथली, मालीगाउँ र दरबारमार्गबाटसमेत तिर्न पाउने गरि विस्तार गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रम बिच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु(पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताले जरीवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सहज होस् भन्न सेवा विस्तार गरिएको बताए।

उनले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको जानकारी दिए। ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरीवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं