"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एयरपोर्टमा टिकटको पिएनआर नम्बर अनिवार्य

प्रकाशित मिति :  15 February, 2022 4:34 pm



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुहरूले पिएनआर नम्बर मात्रै देखाएर छिर्न नपाउने भएका छन्।

विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट अथवा प्रिन्ट गरिएको टिकट अनिवार्य गरिएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए। यसअघि कतिपय यात्रुहरू पिएनआर नम्बर मात्रै लिएर पनि जाने गरेका थिए।

यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने हुँदा अप्ठ्यारो सिर्जना भएकाले यो व्यवस्था लागू गरिएको महाप्रबन्धक गुरागाईंको भनाइ छ।

‘यसले झन्झट भयो। भिडभाड र लामो लाइन लाग्यो। त्यसले गर्दा हामीले छिर्नु अगाडि प्रिन्ट गरेर वा मोबाइलमा टिकट ल्याउनुस् भनेका हौं,’ उनले भने।

उनका अनुसार मोबाइल तथा इलेक्ट्रिक डिभाइसमा टिकट डाउनलोड गरिएको भए देखाएर पनि प्रवेश पाइन्छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द