"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै

प्रकाशित मिति :  12 February, 2023 11:10 am


प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ। आइतबार बिहान भएको बैठकमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संयन्त्र संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न संयन्त्र बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरू सरकारबाट फिर्ता बोलाए पनि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छैनन्। सत्ता गठबन्धनका छलफलमा रास्वपालाई पुन: सरकारमा ल्याउनेबारे पनि कुराकानी भइरहेका छन्।

यस्तै फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल हुने सम्भावना छ। प्रधानमन्त्री एवं उनी अध्यक्ष रहेको माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने बताइरहेका छन् भने एमालेले भने गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू