"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्दै

प्रकाशित मिति :  12 February, 2023 3:52 pm


काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लाई परिमार्जन गर्ने भएको छ। कार्यविधि परिमार्जनका लागि एक साता भित्रमा सुझाव पेश गर्ने सहमतिसमेत भइसकेको छ। कार्यविधि परिमार्जनका सुझावलाई तत्काल कार्यान्वयनमा लैजाने सहमति पनि भएको छ।

नेपाल सरकार र आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघबीच आइतबार भएको सहमतिको बुँदा नम्बर ४ मा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने उल्लेख छ। विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र स्वास्थ्य संस्था तथा विद्यालय लगायतका संवेदनशील संस्था, क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गर्न लागिएको हो।

राष्ट्रपतिको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। यसपछि सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न लागेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू