"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्दै

प्रकाशित मिति :  12 February, 2023 3:52 pm


काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लाई परिमार्जन गर्ने भएको छ। कार्यविधि परिमार्जनका लागि एक साता भित्रमा सुझाव पेश गर्ने सहमतिसमेत भइसकेको छ। कार्यविधि परिमार्जनका सुझावलाई तत्काल कार्यान्वयनमा लैजाने सहमति पनि भएको छ।

नेपाल सरकार र आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघबीच आइतबार भएको सहमतिको बुँदा नम्बर ४ मा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने उल्लेख छ। विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र स्वास्थ्य संस्था तथा विद्यालय लगायतका संवेदनशील संस्था, क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गर्न लागिएको हो।

राष्ट्रपतिको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। यसपछि सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न लागेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता