"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय विदेश सचिव क्‍वात्रा काठमाडौंमा

प्रकाशित मिति :  13 February, 2023 11:01 am


काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्‍वात्रा काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्‍वात्रा सोमबार बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुगेका हुन्। 

नेपालका लागि विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो। नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुने कार्यसूची तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा विदेश सचिवद्वय क्‍वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन्। कनेक्टिभिटी, ऊर्जा व्यापार,कृषि,स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ। 

भारतको ‘छिमेकी पहिलो’नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका