"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल-भारत परराष्ट्रसचिवस्तरीय बैठक सम्पन्न

प्रकाशित मिति :  13 February, 2023 4:16 pm


काठमाडौँ । नेपाल र भारतबीच परराष्ट्रसचिवस्तरीय बैठक सकिएको छ। सोमबार होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको भारतीय राजदूतावासले ट्विटरमा जनाएको छ। 

परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राले क्रमशः नेपाल र भारतका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। दुईदिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान काठमाडौं आएका थिए। उनी भारतीय वायुसेवाको जहाजमा आएका थिए। 

क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी पनि आएका छन्। बैठकमा परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीसहितका अधिकारी सहभागी थिए। 

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ।
 
विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी आएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ। निर्वाचन