"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृह मन्त्रालय नपाए सरकारमा नजाने रास्वपाको निर्णय

प्रकाशित मिति :  13 February, 2023 6:36 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं ।’

गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन । पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिको बैठकमा रास्वपाले चितवन २ मा उपचुनावको उम्मेदवार माग गरेको थियो भने सत्तारुढ दलका नेताहरुले सरकारमा आउन आग्रह गरेका थिए ।

चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र, चुनावमा जान तयार रहने निर्णय गरेको छ ।

सहमहामन्त्री बुर्लाकोटीका अनुसार चितवन २ को उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भएको छैन, तर सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा कुनै विवाद छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर