"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उद्यमशीलता प्रवर्द्धनका लागि नवप्रवर्तन सञ्जाल गठन

प्रकाशित मिति :  14 February, 2023 12:30 pm


काठमाडौं । राष्ट्रिय युवा परिषदको अगुवाइमा उद्यमशीलता प्रवर्द्धनका लागि नवप्रवर्तन तथा इन्कुवेसनमा क्रियाशील सरकारी तथा गैरसरकारी क्षेत्रका निकाय र संस्थाहरुले सञ्जाल गठन गरेका छन् ।

सोमवार उपत्यकामा विभिन्न सरोकारवालाहरुको उपस्थितिमा आयोजित कार्यक्रममा युवाहरुलाई नवप्रवर्तनमा आकर्षित गर्न सहजीकरण गर्ने उद्देश्यले सो सञ्जाल गठन गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

नवप्रवर्तन तथा इन्कुवेसनमा भएगरेका अनुभव आदानप्रदान गर्ने, सहकार्यको वातावरण निर्माण गर्ने र नयाँ सम्भावनाको खोजी गर्ने सञ्जालको मुख्य ध्येय रहेको बस्नेतले बताए । परिषदको संयोजनमा गठित खुकुलो प्रकृतिको सञ्जालमा सरकारी निकायबाट विभिन्न सरोकारवाला मन्त्रालयका प्रतिनिधि, सिटिइभिटीका प्रतिनिधि, नास्टका प्रतिनिधि, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्रतिनिधि रहनेछन् ।

त्यसैगरी गैरसरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, अन्तरप्रेरणा, आइडिया स्टुडियो, युथ इनोभेसन ल्याब, हेल्विटास्, क्रियसन नेपाल, अक्सफाम नेपाल लगायतका संघसंस्था रहनेछन् । सञ्जालमा सम्वन्धित क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी क्षेत्रका संघ संस्था थप्दै लगिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।

काठमाडौं – सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी

प्युठान – धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा

काठमाडौँ– सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार