"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन

प्रकाशित मिति :  16 February, 2023 11:56 am


काठमाडौं  । ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरिन्। कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले  सिफारिस गरेको थियो।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।

प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पतालहुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर