"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इन्सेक प्रतिवेदन : दैनिक औषतमा २० जनाको मानव अधिकार उल्लंघन

प्रकाशित मिति :  19 February, 2023 7:34 pm


काठमाडौँ ।  नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतीबाट दैनिक २० जना पीडित हुने गरेको पाइएको छ । तीमध्ये सबैभन्दा धेरै महिला अधिकार उल्लंघनका घटनामा पीडित छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार सार्वजनिक गरेको ‘मानव अधिकार वर्ष पुस्तक-२०२३’ ले सन् २०२२ मा दैनिक औषतमा २० जनाको मानव अधिकार उल्लंघनको सिकार बनिरहेको देखाएको हो । इन्सेकका अनुसार सन् २०२२ मा मानवअधिकार उल्लंघनका घटनामा ७ हजार ३७६ जना पीडित भएका छन् । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित थिए ।

सन् २०२२ मा राज्य पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना पीडित छन् भने अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९४४ जना महिला, ८ सय ७ र तीन जना यौनिक तथा लैंगिक अल्पसंख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएका छन् । यसमा महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।

इन्सेकका अनुसार अपहरणमा ३५, गिरफ्तारमा ८१, कुटपिटमा ४४८, बालअधिकारमा एक हजार ४५३, हिरासतमा मृत्युमा ४ र अमानवीय व्यवहारबाट २५ जना पीडित भएका छन् ।

त्यस्तै, ३३३ जनाको हत्या भएको छ भने २३ जना जातीय विभेदमा परेका छन् । यो अवधिमा अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार हनन्‌बाट ४०५ जना पीडित छन् भने धम्की ३७, यातना ५ र महिला अधिकार उल्लंघनमा ४ हजार ३३८, कारागारमा मृत्यु ५३ र बेपत्ता २ जना छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द