"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरा विमानस्थलमा रात्रिकालीन सेवा सञ्चालन हुदै

प्रकाशित मिति :  23 February, 2023 10:47 am


पोखरा ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भोलिदेखि रात्रिकालीन सेवा दिने भएको छ। यसअघि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सेवा दिँदै आएको विमानस्थलले अब रात्रिकालीन सेवा दिन लागेको हो। विमानस्थल भोलिदेखि १८ घण्टा सञ्चालन गर्न लागिएको प्रमुख विक्रम गौतमले बताए। 

‘भोलिदेखि बिहान ६ बजेदेखि राती १२ बजेसम्म विमानस्थल संचालनमा आउँछ, यसका लागि सबै तयारी पूरा छ,’ उनले भने, ‘कुन-कुन विमान कम्पनीले कतिबेला उडान भर्ने उहाँहरूको कुरा हो।’ अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ गतेदेखि संचालनमा आएको थियो। विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएको छ। सोही प्रणालीले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने गौतमले बताए।

यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीका आधारमा संचालन गरिएको थियो। उक्त प्रणालीमा एटिसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्थे। भिएफआर प्रणालीका तुलनामा आइएफआर प्रणाली सुरक्षित हुने गौतमले बताए। 

आइएफआर प्रणाली लागू भएसँगै अब पोखरामा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि संचालन गर्न सकिने भएको छ। यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो। आइएफआर प्रणालीमा यस्ता समस्याले विमानलाई कुनै असर नगर्ने गौतमले बताए।

पोखरा विमानस्थलले रात्रिकालीन सेवा दिने भएपछि बुद्ध एयरले रात्रिकालीन उडानको तयारी गरेको छ। पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले