"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गरिब, विपन्न तथा भुमिहिन नागरिकलाई सुविधा सम्पन्न २ हजार घरहरु निर्माण गर्ने : मन्त्री भगबती चौधरी

प्रकाशित मिति :  १२ फाल्गुन २०७९, शुक्रबार १४:२०


काठमाडौं । मन्त्री भगबती चौधरीको पहलमा सुनसरीका दुई पालिकाले गरिब, विपन्न तथा भुमिहिन नागरिकलाई सुविधा सम्पन्न २ हजार घरहरु (एकीकृत वस्ती) निर्माण गर्न बुद्धिष्ट चूची फाउण्डेसनसँग समझदारी कायम भएको छ ।

सुनसरीको गढी तथा बर्जु गाउँपालिकामा अस्पताल, स्कुल, खानेपानी, ढलसहितको एकीकृत बस्ती निर्माण गर्न समझदारी भएको हो । यस्तै बुधबार मन्त्रालयमा चूजी फाउण्डेसन र गढी तथा बर्जु गाउँपालिकाका अध्यक्षले समझदारी पत्रमा हस्ताक्षर गर्दै सो क्षेत्रका भूमिहिन, गरिब तथा विपन्न समुदायका नागरिकको लागि एकीकृत बस्ती निर्माण गर्ने बताएका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहल र सक्रियतामा सुनसरीका दुई पालिकामा निर्माण गर्ने भनिएको एकीकृत वस्ती मुलुककै नमुना बस्तीका रुपमा रहने बताए ।

स्कुल, अस्पताल, सडक, ढल सहित, खानेपानी, विद्युत लगायत एकीकृत बस्तीमा आवश्यक पूर्वाधारसमेत निर्माण गर्नेगरी कार्य गर्न पालिकाद्वय र फाउण्डेसनविच समझदारी कायम गरिएको हो । समझदारी पत्र अनुसार गढी र बर्जु गाउँपालिकाले सो क्षेत्रमा एकीकृत बस्ती निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने तथा फाउण्डेसनले नमुना बस्ती नै निर्माण गरिदिने सम्मको समझदारी कायम गरिएको छ ।

समझदारी पत्रमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी तथा बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले हस्ताक्षर गरेका छन् । फाउण्डेसनका तर्फबाट उपाध्यक्ष लिन पियुले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा उल्लेख गरेअनुसार पालिकाहरुले एकीकृत बस्ती निर्माणका लागि आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउने, पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको कानुन, ऐन नियम अनुसार आवश्यक स्वीकृति प्रदान गर्ने, परियोजना कार्यान्वयनमा आइपर्ने कठिनाईहरु हल गर्दै स्कुल, अस्पताल, आधुनिक कृषि परियोजना निर्माण, तालिम सञ्चालन गर्न भनिएको छ ।

समझदारी कायम गर्नुअघि मन्त्रालयमा फाउण्डेसनका अधिकारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीविच एकीकृत बस्ती निर्माणका सन्दर्भमा छलफल भएको थियो । सो अवसरमा बोल्दै मन्त्री चौधरीले नेपालको विकास गर्न दातृ निकायहरुको साथ र सहयोग अपरिहार्य भएको बताउँदै नेपालको ऐन कानुन र परिधिमा रहेर काम गर्न चाहने कुनैपनि अन्तराष्ट्रिय संघ संस्थाहरुलाई बाधा नहुने बताइन् ।

‘दिगो विकास लक्ष्य हासिल गर्न दातृ निकायहरुको साथ र सहकार्य आवश्यक छ । राष्ट्रियता, अखण्डता र सार्वभौमिकतामा कुनैपनि आँच नआउने गरी काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।’ मन्त्री चौधरीले बताइन् । गरिबी निवारण, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, उर्जा, सामाजिक सचेतना, महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका सवालमा सरकार राष्ट्रिय, अन्तराष्ट्रिय निकायसँग एकबद्ध भएर अगाडी बढ्न सदैव सकारात्मक हुने मन्त्री चौधरीले बताइन् ।

मन्त्रालयको पदभार ग्रहण गरे लगत्तै मन्त्री चौधरीले सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तरगत पर्ने बर्जु, गढी, दुहवी र इटहरीका गरिब, विपन्न तथा भूमिहिन नागरिकलाई आवास निर्माण गर्न पहल थालेकी थिइन् । दुई साता अगाडी चूची फाउण्डेसनका नेपाल प्रतिनिधिहरु सहितको टोलीले बर्जु र गढी गाउँपालिकाका विभिन्न क्षेत्रका भूमिहिनहरुको अव्यवस्थित वस्ती अवलोकन समेत गरेको थियो ।

सो वखत नै फाउण्डेसनका प्रतिनिधिहरुले बर्जु र गढीमा एकीकृत वस्ती निर्माण गर्ने योजना बनाएका थिए । समझदारी कायम पछि जग्गा प्राप्ती, कानुनी प्रक्रिया र परियोजनाको अन्य कामहरु अगाडी बढाइने भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र