"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न चार दलको निर्णायक बैठक बालुवाटारमा

प्रकाशित मिति :  24 February, 2023 6:57 pm


काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको छलफल बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको छलफलमा राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने र पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल भइरहेको छ।

यी चार दलका शीर्ष नेताबीच आजै बिहान पनि छलफल भएको थियो। राष्ट्रपति र अन्य शक्ति बाँडफाँटका विषयमा अहिलेको छलफलले अन्तिम टुंगो लगाउने बताइएको छ। बिहानको छलफलमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सहयोग गर्न सबै दललाई आग्रह गरेको थियो।

अन्य दलले भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए। त्यसपछि आन्तरिक छलफलका लागि दलहरू जुटेका थिए। आन्तरिक छलफलपछि दलहरू अहिले बालुवाटार भेला भएका हुन्।  चार दलको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलमा ओलीले एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ। प्रचण्डले भने राष्ट्रिय सहमतिमै जोड दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू