"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी

प्रकाशित मिति :  25 February, 2023 6:40 pm


काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा छन् । नेम्वाङको समर्थक र प्रस्तावकमा भने एमालेका सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द