"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्र मन्त्री डा. बिमला राई पौड्याल जेनेभा जादै

प्रकाशित मिति :  26 February, 2023 1:59 pm


काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको मानवअधिकार परिषद्को ५२औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री डा. बिमला राई पौड्याल आइतबार जेनेभा जाने भएकी छन्।

मन्त्री पौड्यालले जेनेभामा हुने महसाथमा भाग लिने, केही द्विपक्षीय संवादहरू गर्ने, उच्च आयुक्तलाई भेट्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले बताएको छ।

मन्त्री पौड्याल जेनेभाबाट मार्च ३ मा फर्किएर दोहामा हुने अति कम विकसित मुलुकको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको र मार्च ७ मा काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्रले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।

नेपाल मानवअधिकार परिषद्को सदस्य राष्ट्र हो। नेपाल सदस्य राष्ट्रको हिसाबले अन्तिम वर्ष त्यहाँ सहभागी हुन लागेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०