"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति निर्वाचन रणनीतिका लागि कांग्रेस उपसभापति खड्काको नेतृत्वमा कार्यदल गठन

प्रकाशित मिति :  27 February, 2023 11:39 am


काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ । बैठकले यही फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, बैठकले फागुन १८ गते सङ्घीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान गर्ने बैठकको निर्णय छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षनेताहरुको बैठकमा उपराष्ट्रपतिको निर्वाचन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता साझेदारी लगायतका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा ९एस०का नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी भएका थिए ।

निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो। कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदरवार बनाउने निर्णय गरेअनुसार उम्मेदवारी दर्ता गरेका थिए।
रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू