"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेलेना गोमेजले किन सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरिन ?

प्रकाशित मिति :  28 February, 2023 10:02 pm


एजेन्सी । अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट टाढा हुने निर्णयबारे जानकारी गराएकी हुन् । उनको यो घोषणामा फ्यानले प्रतिक्रिया दिएका छन् ।

इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक सञ्जालबाट टाढिन लागेको जनाएकी हुन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेलीसँग चलिरहेको ‘आँखी भौं’ विवादमा उनी संलग्न थिइन् । यो घटना टिकटकमा सेलेनाको स्वीकारोक्तिबाट सुरु भएको हो जुन संयोगवश उनको आइब्रो ‘ओभर–लेमिनेट’ गरिएको थियो ।

प्रतिक्रियामा अर्की सेलिब्रिटी काइली जेनरले तस्वीर पोस्ट गर्दै क्याप्सन लेखेकी थिइन्, ‘के यो एक दुर्घटना थियो ?’ साथै उनले सेलेना र हेलीको तस्वीरमाथि पनि टिप्पणी गरेकी थिइन् । काइली जेनर र हेली बिबरसँग झगडापछि सेलेनालाई कठिन भएको हुनसक्ने अड्कल काटिएको छ । फ्यानले सामाजिक सञ्जालबाट टाढा हुने सेलेनाको निर्णयलाई समर्थन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको