"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आठ दलीय गठबन्धनले सांसदहरुलाई अभिमुखीकरण गर्दै

प्रकाशित मिति :  2 March, 2023 2:13 pm


काठमाडौं । आठ दलीय गठबन्धनले आज संघीय संसदअन्तर्गतका दुवै सदनका सांसदहरुलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि उक्त कार्यक्रम गरिने पौडेलले जनाए ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । पौडेलको प्रतिस्पर्धीको रुपमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता