"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘कोसी प्रदेश’ नामकरण भएको खुसीयालीमा सार्वजनिक बिदा

प्रकाशित मिति :  2 March, 2023 3:33 pm


काठमाडौँ । प्रदेश नामकरण भएकामा कोसी प्रदेश (साविक प्रदेश १)मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बुधबार मात्रै प्रदेश १ ले आफ्नो प्रदेशको नाम ‘कोसी’ राखेको थियो। बुधबार बसेको प्रदेशसभा बैठकले सो प्रदेशको नाम ‘कोसी प्रदेश’ हुने टुंगो लगाएको हो।

एमालेका सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको कोसी प्रदेशमा आवश्यक दुई तिहाइ मत जुटेपछि सोही नाम पारित भएको हो। एमालेको सो प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले समेत साथ दिएका थिए।

बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा ८२ मत परेको थियो। यस्तै विपक्षमा ४ मत परेको छ भने ६ जना सांसद अनुपस्थित भएका थिए।

एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले प्रस्ताव गरेको लिम्बुवान-किराँत-सगरमाथा प्रदेशमाथि भने छलफल नै हुन सकेन। छलफलको प्रस्ताव नै अस्वीकृत भएको थियो। सो प्रस्तावको पक्षमा एकीकृत समाजवादी र जसपा उभिएका थिए।

७ मध्ये ६ वटै प्रदेशले प्रदेश सभाको पहिलो कार्यकालमै नाम टुंगो लगाइसकेको भए पनि प्रदेश १ को भने बाँकी थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले