"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिमा रामचन्द्रलाई निर्वाचित गर्न आठ दलका सासंद्लाई अभिमुखीकरण

प्रकाशित मिति :  2 March, 2023 3:50 pm


काठमाडौँ । आसन्न राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गर्न आठदलीय गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिइएको छ। आठदलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई राष्ट्रपतिमा विजयी गराउन अभिमुखीरण र प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा बिहीबार दिउँसोबाट कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायतका नेताको उपस्थिति रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने र आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आह्वान गर्नुहुनेछ ।

ती आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको छ । यस्तै, नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू