"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बैंक तथा वित्तीय संस्थाको सुरक्षामा ध्यान दिन गृहको परिपत्र

प्रकाशित मिति :  4 March, 2023 12:46 pm


काठमाडौँ। सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृहमन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीका मातहतका कार्यालयलाई वित्तीय संस्थाहरूको सुरक्षामा ध्यान दिन परिपत्र गरेको हो।

मन्त्रालयले बैंक र वित्तीय संस्था र ती संस्थामा आवद्ध कर्मचारीमाथि दुर्व्यवहार भएको गुनासो बढेपछि मन्त्रालयले यसमा ध्यान दिन भनेको मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।

यस अघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउन भन्दै गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए।

व्यवसायी दुर्गा प्रसाईंसहित केही क्षेत्रबाट लघुवित्त र बैंकबाट लिएका ऋण तथा ब्याज नतिर्ने अभियान नै गरेका थिए। त्यसो त मंगलबार जाजरकोट भेरी नगरपालिकामा एनआइसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू