"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बैंक तथा वित्तीय संस्थाको सुरक्षामा ध्यान दिन गृहको परिपत्र

प्रकाशित मिति :  4 March, 2023 12:46 pm


काठमाडौँ। सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृहमन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीका मातहतका कार्यालयलाई वित्तीय संस्थाहरूको सुरक्षामा ध्यान दिन परिपत्र गरेको हो।

मन्त्रालयले बैंक र वित्तीय संस्था र ती संस्थामा आवद्ध कर्मचारीमाथि दुर्व्यवहार भएको गुनासो बढेपछि मन्त्रालयले यसमा ध्यान दिन भनेको मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।

यस अघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउन भन्दै गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए।

व्यवसायी दुर्गा प्रसाईंसहित केही क्षेत्रबाट लघुवित्त र बैंकबाट लिएका ऋण तथा ब्याज नतिर्ने अभियान नै गरेका थिए। त्यसो त मंगलबार जाजरकोट भेरी नगरपालिकामा एनआइसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता