"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुईतिहाइ मत

प्रकाशित मिति :  5 March, 2023 5:33 pm


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शाहले दुईतिहाइभन्दा बढी मत पाएका हुन्। 

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ। शाहले ४१ मत पाएका छन्। उनले आफ्नो पार्टी नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्रबाट निर्वाचित एकजना प्रदेश सभा सदस्यको मत पाएका हुन्।

प्रदेश सभामा १० सदस्य रहेको नेकपा एमाले र एक सदस्य रहेको राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरे।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलको नेताको हैसियतले गत २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

सरकारको नेतृत्वमा आलोपालोको लिखित सहमति हुनुपर्ने दाबी गर्दै आएको माओवादीले पार्टी केन्द्रको निर्देशनमा प्रदेश सभा बैठक सुरु हुनु केहीअघि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

विश्वासको मत दिनका लागि टीकापुर घटनाका बन्दीको रिहा गर्ने लिखित सहमति हुनुपर्ने माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई मत दिएको छ। लिखित सहमति गर्न तयार नभएको भन्दै नागरिक उन्मुक्तिले मत नदिएपछि यसअघि एमाले नेतृत्वको सरकार ढलेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले