"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपिका पादुकोण अस्कर अवार्डमा प्रस्तोता बन्दै

प्रकाशित मिति :  7 March, 2023 12:41 pm


काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण अस्कर अवार्ड-२०२३ सँग जोडिएकी छन्। मार्च १३ मा हुने अस्कर अवार्ड समारोहमा उनी प्रस्तोता बन्नेछिन्।

अभिनेत्रीले इन्स्टाग्राम अकाउन्टमा आफ्ना प्रशंसकसँग सो जानकारी साझा गरेकी हुन्। ड्वेन जोनसन, माइकल बी जोर्डन, जेनिफर कोनली, स्याम्युल एल ज्याक्सनलगायतसँग आफू पनि प्रस्तोता उनले बताएकी छन्।

दीपिका अभिनीत फिल्म ‘पठान’ भारतका सिनेमा हलमा प्रदर्शनरत छ। फिल्म प्रदर्शनमा आउनुअघि विवादमा तानिएको थियो। अभिनेत्रीले लगाएको विकिनीको रङका कारण फिल्मसँगै दीपिका पनि विवादमा परेकी थिइन्। विवादमा परे पनि फिल्म भने ब्लक बस्टर भएको छ।  व्यावसायिक रूपमा सफल भएको छ।

यस वर्षको अस्कर अवार्डमा भारतका तर्फबाट गुजराती फिल्म ‘छेल्लो शो’ र दक्षिण भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयनमा परेका छन्। साथै दुइटा वृत्तचित्र ‘अल देट ब्रिथ्स’ र ‘द एलिफेन्ट विस्पर’ पनि मनोनयमा परेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको