"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्चलाई सभामुखको जवाफ : विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार हो

प्रकाशित मिति :  7 March, 2023 5:25 pm


काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाएका छन् । सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएको उल्लेख छ ।

‘यो विषय (प्रमुख विपक्षी दलका नेताबारे उठेको प्रश्न) निरुपण गर्न हामी सक्षम छौं । अदालतले भनिदिइरहनुपर्दैन’ सर्वोच्च अदालतमा पठाइएको जवाफबारे एक अधिकार भन्छन्, ‘यो संसदको विशेषाधिकार हो । यो संसदले आन्तरिक रुपमा ब्याख्या गर्ने विषय हो ।’

सभामुख घिमिरेले कुनै विषय र सन्दर्भमा जाहेर गरेको मत सँधै त्यही अवस्थामा रहन्छ भन्ने पनि नहुने जिकिर गरेका छन् । ‘परिस्थिति अनुसार अवस्था र सन्दर्भका आधारमा जाहेर मत परिवर्तन गर्न सक्ने भएकाले प्रस्तुत निवेदन खारेज हुनु मनासिव हुन्छ’ संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार जवाफमा लेखिएको छ ।

अर्थात, परिस्थितिका आधारमा र संसदको विशेषाधिकार भएको आधारमा पनि प्रमुख विपक्षी दलको नेताको विवाद सम्बन्धी रिटको औचित्य सकिएको सभामुख घिमिरेको जिकिर छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले गत माघ २४ गते नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । रिटमा कांग्रेस सभापति देउवाका साथै संघीय संसद् सचिवालय, सभामुख, संवैधानिक परिषद् र कांग्रेस संसदीय दलको कार्यालयलाई विपक्षी बनाइएको थियो ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले गत माघ २५ गते विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेस प्रमुख विपक्षी दल र कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख विपक्षी दलको नेता हुन नसक्ने दाबी गरिएको थियो ।

गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । त्यसदिन प्रमुख विपक्षी दलको बेन्चबाटै कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रतिपक्षमै बस्ने जानकारी गराएर सरकारी प्रस्तावको रुपमा प्रधानमन्त्रीलाइ विश्वासको मत दिएको कांग्रेसको तर्कलाई कानुनी रुपमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको हो ।

तर, यो विषय संसदको विशेषाधिकार भएकाले सर्वोच्च अदालतले कुनै आदेश दिइरहन नपर्ने जवाफ सभामुख घिमिरेले पठाएका छन् । सरकारलाई विश्वासको मत दिने र नदिने विषय समय र परिस्थिति अनुसार बदलिइरहन सक्ने भएकाले प्रमुख विपक्षी दल र प्रमुख विपक्षी दलको नेता सँधै एउटै पार्टी वा व्यक्ति रहिरहन नसक्ने जिकिर सभामुखको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी