"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अञ्जन र अरुणा वर्षका उत्कृष्ट खेलाडी घोषीत

प्रकाशित मिति :  7 March, 2023 7:11 pm


काठमाडौं । फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाहीले पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।  नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै वर्ष २०७८ को वर्ष पुरुष र महिला खेलाडीसहित नौ विधाको अवार्ड प्रदान गरेको हो। 

वर्ष पुरुष खेलाडीको अवार्डको मनोनयनमा फुटबलका अञ्जनसँगै क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल थिए।  वर्ष खेलाडीको महिलामा भलिबलकी अरुणासँगै क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका थिए।

त्यस्तै वर्ष युवा खेलाडीको अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन्। मनोनयनमा फुटबलकी प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी थिए।  

प्रशिक्षकको अवार्ड फुटबलका अब्दुल्ला अलमुताइरीले जिते। यो अवार्डको मनोनयनमा बक्सिङका दीपक महर्जन,पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए। पिपल्स च्वाइस विधामा भलिबलकी उषा भण्डारीले अवार्ड पाइन्। यो मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, पौडी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट थिए।

विधा पारा एथलिट सम्मान तेक्वान्दोकी पलेसा गोवर्धन, स्पेसल अवार्ड ब्याडमिन्टन खेलाडीत्रय रत्नजित, सारादेवी र नङसलदेवी तामाङका मातापिता दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई दिइयो। 

लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन तथा एथलेटिक्स प्रशिक्षक रघुराज वन्त र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीले प्राप्त गरे।

वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे। अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गरेका छन्। ।

अवार्ड विजेताहरु

युवा खेलाडी – मनिष डाँगी (फुटबल)
प्यारा एथलिट- पलेशा गोवर्धन (तेक्वान्दो)
प्रशिक्षक – अब्दुल्लाह अलमुताइरी (फुटबल)
स्पेशल अवार्ड – ब्याडमिन्टन खेलाडीत्रय रत्नजित, सारादेवी र नङसलदेवी तामाङका मातापिता    दानबहादुर तामाङ र मायादेवी मोक्तान
एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड – मोहमद हिजी (कतार)
पिपुल्स च्वाइस अवार्ड – उषा भण्डारी (भलिबल)
लाइफ टाइम अचिभमेन्ट अवार्ड – रघुराज वन्त (एथलेटिक्स)
उत्कृष्ट खेलाडी महिला – अरुणा शाही (भलिबल)
उत्कृष्ट खेलाडी पुरुष – अन्जन विष्ट (फुटबल)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट