"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर

प्रकाशित मिति :  8 March, 2023 6:16 pm


काठमाडौं  । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ। महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन्। ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन्। यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौं प्लाजामा सर्ने तयारी गरेको हो। 

वि.सं २०७२ को भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राजेश

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त