"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

के पि ओलीलाई गगनको जवाफ : २०८४ सम्म एमालेसँग सत्ता सहकार्य सम्भव छैन

प्रकाशित मिति :  9 March, 2023 4:05 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए। ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन्  नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन’, उनले भनेका थिए।

केहीबेरपछि मतदान गरेका थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसदको यो कार्यकालमा सहकार्य नहुने बताएका हुन्।

‘एउटै कुरामा एउटा पार्टीलाई कतिपटक धोका दिने? पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो,’ थापाले भने,‘२०८४ को चुनावपछि उहाँ प्रमुख प्रतिपक्षीको नेता हुनुहुन्छ। हामी सहकार्यको प्रस्ताव लिएर बालकोट भेट्न जान्छौं, त्योभन्दा अघि सम्भव छैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका