"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पीएनजीविरुद्ध नेपालको शानदार जित

प्रकाशित मिति :  9 March, 2023 4:58 pm


काठमाडौं ।  सन्दीप लामिछानेको चार विकेटप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा ५२ रनको जित निकालेको छ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ‌ओभरमा अल आउट हुनुअघि दुई सय ४५ रन मात्रै बनाउन सफल भयो।

नेपालका लागि सन्दीपले १० ओभरमा ३७ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको थियो।

पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए। नोमन भानुवा ५५ बलमा ६० रनको अर्धशतकीय इनिङ खेले। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले।

यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए। नेपालले बाँकी तीनै खेलमा जित निकाले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। यस्तै, दुई खेल मात्रै जिते पनि एकदिवसीय मान्यता जोगाउन पर्याप्त हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर