"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदै

प्रकाशित मिति :  11 March, 2023 10:32 am


काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी  उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ। आजै मनोनयन दर्ता गर्नुपर्ने भएपछि सत्ता साझेदार दल र एमालेले उम्मेदवार तय गर्न बैठक बोलाएका छन् ।

उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँच/पाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता