"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी नामकरणको विरोधमा हड्ताल, जनजीवन प्रभावित

प्रकाशित मिति :  12 March, 2023 11:31 am


विराटनगर । प्रदेशको नामकरणपछि कोशी प्रदेशमा लगातार बन्द हड्ताल हुन थालेको छ। पछिल्लो तीन दिनभित्र दुई दिन बन्द हड्ताल हुँदा जनजीवन प्रभावित बनेको छ ।  पहिचान पक्षधर दल तथा संगठनहरुले फागुन १७ मा नामकरण भएयता मात्रै दुई पटक प्रदेशमा बन्द हड्ताल गरिसकेका छन्।

गएको शुक्रबार मात्रै प्रदेशमा हड्ताल गरेका पहिचान पक्षधर शक्तिहरुले आइतबार बिहानैदेखि विभिन्न ठाउँमा यातायात तथा पसलहरु बन्द गराएका छन्।  लिम्बूवान संगठनका विभिन्न घटक, खम्बुवान संगठनहरुले आजको हड्ताल आह्वान गरेका हुन्। यसले प्रदेशको राजधानी विराटनगरमा सामान्य असर परे पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङसहितका पहाडी जिल्लाहरुमा प्रभाव पारेको छ। झापाका अधिकांश निजी स्कुल बन्द छन्। इलाममा पनि शैक्षिक क्षेत्रमा असर परेको छ। 

सुनसरीको धरान तथा इटहरी चोकमा बन्दकर्ता बिहानैदेखि भेला भएर यातायातका साधन रोकिरहेका छन्। कोशी प्रदेश प्रहरी प्रमुख  श्यामलाल ज्ञवालीका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएका छन्। उनले सवारी साधन चलिरहेको दाबी गरेका छन्। यद्यपि मुख्य राजमार्ग क्षेत्रमा केही निजी बाहेक अधिकांश साधन ठप्पै छन्। 

पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रेका संगठनहरुले कोशी प्रदेश नामकरण खारेज गर्नुपर्ने माग गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले