"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित, विश्वकप छनोटमा पुग्न एक जित आवश्यक

प्रकाशित मिति :  13 March, 2023 1:47 pm


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । उनले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए ।

कुशल भुर्तेलले १४ बल खेल्दै चार चौकार २ छक्का मद्दतमा ३३ रन बनाए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ३.३ ओभरमै ५१ रनको साझेदारी गरेका थिए । भुर्तेल आउट भएपछि आसिफले अर्का कुशल (मल्ल) साग मिलेर नेपाललाई जित दिलाए । कुशल मल्लले अविजित १२ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।

घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृखंलामा लगातार तीन जितपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बाब्बेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ । त्यसका लागि नेपालले बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।

लेग स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी (पीएनजी) ३२ ओभर खेल्दै ९५ रनमै अलआउट भएको थियो । पीएनजीको १० मध्ये ९ विकेट नेपाली स्पिनरले लिँदा सन्दीप एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै २५ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए ।

सन्दीपले लिग टू मा दोस्रो पटक ५ वा त्यो भन्दा बढी विकेट लिएका हुन् । यसअघि २०२० मा नेपालमै भएको लिग टू मा अमेरिकाविरुद्ध उनले ६ विकेट लिएका थिए ।

यस्तै ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै