"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

प्रकाशित मिति :  13 March, 2023 4:41 pm


काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ।  सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका हुन्।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।  यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए। 

गिरी पूर्वस्वास्थ्यमन्त्री हुन् बर्तौला भने पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन्। उनले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन

काठमाडौं – सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

काठमाडौँ — नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा