"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

प्रकाशित मिति :  13 March, 2023 4:41 pm


काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ।  सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका हुन्।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।  यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए। 

गिरी पूर्वस्वास्थ्यमन्त्री हुन् बर्तौला भने पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन्। उनले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका