"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले किन देखे व्यवस्थालाई उल्ट्याउने खतरा

प्रकाशित मिति :  13 March, 2023 5:04 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने खतरा बढेको बताएका छन्। सोमबार पद्योदय विद्यालयको हीरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले परिवर्तन उल्ट्याउने खतरा बढे पनि डराउनु पर्ने अवस्था नरहेको बताए।
उनले मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरेको र उनीहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको बताए।

उनले भने, ‘हामीले संघीय शिक्षा ऐन जो सरकारमा शिक्षामन्त्री हाम्रै पार्टीबाट हुँदा नै त्यसको तयारी भएको थियो । संघीय शिक्षा ऐनलाई यसै सदनमा प्रश्तुत गर्ने र छिटो भन्दा छिटो पारित गर्ने प्रक्रियामा रहेको छु।’ प्रचण्डले भने,‘मैले भर्खरै क्याबिनेटबाट जनयुद्धका, जनआन्दोलन, मधेश आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेका छु र त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका