"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको ओलीको आरोप

प्रकाशित मिति :  14 March, 2023 7:42 pm


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका छन्। उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको संघ तथा प्रदेशका सांसदहरूसंगको छलफलमा ओलीले उक्त आरोप लगाएका हुन्।

संविधानको अक्षरमा त्रुटी हुन सक्ने औंल्याउँदै ओलीले सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक पदमा महिला हुनुपर्ने भावना संविधानको रहेको बताए। तर त्यसलाई सत्ता गठबन्धनले वेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको ओलीले दाबी गरे।

अहिले १० दलीय नेताहरूले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको उनको भनाइ छ। उनले संविधानको व्याख्यासम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने पनि बताए।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष र महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको ओलीको भनाइ थियो।

उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार रहेको दाबी गर्दै ओलीले त्यसबारे अहिले चर्चा गरे समीकरण भत्किन सक्ने बताए। गठबन्धनभित्र अनेक प्रकारका समस्या रहेको र एमालेभित्र कुनै समस्या नरहेको ओलीको जिकिर थियो।

ओलीले अन्य दल सत्ता गठबन्धनका नाममा निजी स्वार्थका लागि केन्द्रीत भए पनि एमाले सबल राष्ट्रिय शक्ति स्थापित गर्न लागेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका