"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचन हुने

प्रकाशित मिति :  16 March, 2023 4:19 pm


काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले स्ववियु निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गर्नुभएको छ । नयाँ कार्यतालिका अनुसार चैत ९ गते बिहीबार निर्वाचन हुने भएको हो ।

त्यस्तै मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ । त्यसउपर दाबी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।

चैत ५ गते उम्मेदवारी दर्ता, ६ गते उम्मेदवारहरु उपर दाबी विरोध र ७ गते प्रचारप्रसारका लागि समय तय भएको छ ।

यसैगरी, चैत ७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ भने ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने संयोजक गौतमद्वारा सार्वजनिक तालिकामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका