"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्रिकेट रंगशाला तीव्रता साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  17 March, 2023 10:49 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलपानी र चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन्।

उनले नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध घोषणा मिलाउनु परे तयार रहेको बताएका छन्।  तर निर्माण तत्काल सक्न उनले निर्देशन दिएका हुन्। शुक्रबार बिहान नेपाली क्रिकेट टोलीसँग छलफलपछि प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

चितवनमा रहेको रंगशाला अहिले बजेट अभावले बन्न सकेको छैन। यता मुलपानीको क्रिकेट रंगशाला भने अन्तिम अवस्थामा पुगेको छ।

यस्तै युएई(संयुक्त अरब इमिरेट्स) लाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।

प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।

विश्वकप क्रिकेट लिग–२ मा यूएईमाथि डिएल मेथडमा ९ रनको जित निकाल्दै नेपाल विश्वकप छनोटमा पुगेको छ। प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड्लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो। बिहीबारको खेल हेर्न प्रधानमन्त्री आफै रंगशाला पुगेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार