"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्रिकेट रंगशाला तीव्रता साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  17 March, 2023 10:49 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलपानी र चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन्।

उनले नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध घोषणा मिलाउनु परे तयार रहेको बताएका छन्।  तर निर्माण तत्काल सक्न उनले निर्देशन दिएका हुन्। शुक्रबार बिहान नेपाली क्रिकेट टोलीसँग छलफलपछि प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

चितवनमा रहेको रंगशाला अहिले बजेट अभावले बन्न सकेको छैन। यता मुलपानीको क्रिकेट रंगशाला भने अन्तिम अवस्थामा पुगेको छ।

यस्तै युएई(संयुक्त अरब इमिरेट्स) लाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।

प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।

विश्वकप क्रिकेट लिग–२ मा यूएईमाथि डिएल मेथडमा ९ रनको जित निकाल्दै नेपाल विश्वकप छनोटमा पुगेको छ। प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड्लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो। बिहीबारको खेल हेर्न प्रधानमन्त्री आफै रंगशाला पुगेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ