"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नयाँ वर्ष २०८० सालको बिदासूची राजपत्रमा प्रकाशन

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १३:१८


काठमाडौँ । सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ।  बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक गरेको हो।  सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय सार्वजनिक गरेको हो।

यस सूचनामा शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू उल्लेख गरिएको छ।

यस वर्ष शनिबार मात्रै ५२ दिन परेको छ।  ६ दिन दिवस बिदा पनि उल्लेख छ। जसमा फागुन १ गते पर्ने ‘जनयुद्ध दिवस’ पनि उल्लेख छ।यस्तै पाँच दिन जन्मजयन्ती बिदा पनि छ। जसमा बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा सबैलाई बिदा घोषणा गरिएको छ। तीन दिन भने सम्बन्धित धर्मावलम्बीहरूलाई दिइएको छ। 

कार्यालयमा हाजिर हुने समय र छुट्ने समय पनि निर्धारण गरिएको छ। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेम्म हुने उल्लेख छ।  कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ।

शुक्रबारको दिन भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने जनाएको छ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र

काठमाडौं – जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख