"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेपत्ता छानबिन र सत्य निरूपणसम्बन्धी संशोधन विधेयक संसदमा पेश

प्रकाशित मिति :  19 March, 2023 4:17 pm


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ सरकारले प्रतिनिधि सभामा पेश गरेको छ। कानून मन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले आज प्रतिनिधि सभामा संशोधन विधेयक प्रस्तुत गरेकी छन्।

सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन यी संशोधन विधेयक पेश गरेको छ। यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री उपस्थित भए पनि मन्त्रीलाई विधेयक पेश गर्न लगाइएकोमा विरोध गरेको थियो। सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि प्रतिनिधि सभामा पेश गरेको छ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यी विधेयकहरूमाथि विरोध गरेका छन्। ‘हत्या गर्नेलाई माफी दिने खालका विषय समावेश गरिएका छन्,’ उनले प्रतिनिधि सभा बैठकमा भने, ‘राज्य र विद्रोहीतिर कतैतिर पनि नलागेकालाई द्वन्द्वका बेला निहत्या गरिएको थियो।’

मानव अधिकारको गम्भीर उलङ्घनको परिभाषा नै गलत रहेको उनले बताए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी