"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेपत्ता छानबिन र सत्य निरूपणसम्बन्धी संशोधन विधेयक संसदमा पेश

प्रकाशित मिति :  19 March, 2023 4:17 pm


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ सरकारले प्रतिनिधि सभामा पेश गरेको छ। कानून मन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले आज प्रतिनिधि सभामा संशोधन विधेयक प्रस्तुत गरेकी छन्।

सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन यी संशोधन विधेयक पेश गरेको छ। यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री उपस्थित भए पनि मन्त्रीलाई विधेयक पेश गर्न लगाइएकोमा विरोध गरेको थियो। सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि प्रतिनिधि सभामा पेश गरेको छ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यी विधेयकहरूमाथि विरोध गरेका छन्। ‘हत्या गर्नेलाई माफी दिने खालका विषय समावेश गरिएका छन्,’ उनले प्रतिनिधि सभा बैठकमा भने, ‘राज्य र विद्रोहीतिर कतैतिर पनि नलागेकालाई द्वन्द्वका बेला निहत्या गरिएको थियो।’

मानव अधिकारको गम्भीर उलङ्घनको परिभाषा नै गलत रहेको उनले बताए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद