"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तनहुँ-१ र बारा-२ को उपनिर्वाचन १० वैशाख गर्ने आयोगको तयारी

प्रकाशित मिति :  21 March, 2023 11:34 am


काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र–१ र बारा-२ मा पनि १० वैशाखमै उपचुनाव गर्ने निर्णय गरेको छ।  तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडल (२५ फागुनमा) राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव (३ चैतमा) उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा सो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थाअनुसार ती क्षेत्रमा आगोगले उपनिर्वाचन गर्ने निर्णय गरेको हो। आयोगको सोमबार बसेको बैठकले रिक्त भएको दुवै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय गरेको हो। आयोगका अनुसार तनहुँ-१ र बारा-२ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय दिइनेछ।

यस्तै, १६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ। दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। १० वैशाखमा हुने चितवन–२ उपचुनावकाे कार्यतालिका आयाेगले यसअघि नै सार्वजनिक गरिसकेकाे छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द