"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तनहुँ-१ र बारा-२ को उपनिर्वाचन १० वैशाख गर्ने आयोगको तयारी

प्रकाशित मिति :  21 March, 2023 11:34 am


काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र–१ र बारा-२ मा पनि १० वैशाखमै उपचुनाव गर्ने निर्णय गरेको छ।  तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडल (२५ फागुनमा) राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव (३ चैतमा) उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा सो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थाअनुसार ती क्षेत्रमा आगोगले उपनिर्वाचन गर्ने निर्णय गरेको हो। आयोगको सोमबार बसेको बैठकले रिक्त भएको दुवै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय गरेको हो। आयोगका अनुसार तनहुँ-१ र बारा-२ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय दिइनेछ।

यस्तै, १६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ। दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। १० वैशाखमा हुने चितवन–२ उपचुनावकाे कार्यतालिका आयाेगले यसअघि नै सार्वजनिक गरिसकेकाे छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर