"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनतालाई नतर्साउन प्रधानमन्त्री प्रचण्डलाई गगनको आग्रह

प्रकाशित मिति :  23 March, 2023 2:41 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले जनतालाई तर्साउने काम गर्न नहुने बताएका छन्। आज बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री आफैँ डरबाट मुक्त भएर जनतालाई पनि डरमुक्त बनाउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अगाडि थापाले प्रधानमन्त्रीले आफूसँग यति मत छ भनेर ढुक्क भएर बस्ने छुट नपाउने पनि बताए।

‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ’, थापाले भने, ‘मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइनँ। यतिधेरै मानिस निरास भएको देखेको थिएन।’

थापाले आफू अहिले पनि डरको अवस्थामा रहेको बताए। उनले प्रधानमन्त्रीलाई भेटघाट बन्द गरेर दिनको आधा घण्टा सोच्ने समय छुट्याउन पनि आग्रह गरे।

‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ। एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ,’ उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका