"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तनहुँ -१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

प्रकाशित मिति :  26 March, 2023 4:23 pm


काठमाडौँ ।  वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने लगभग पक्का भएको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै यहाँ उपनिर्वाचन हुँदैछ।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य भट्टराईलाई शनिबार देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ।

सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठकको निर्णयअनुसार निर्वाचनको तयारीमा लाग्न भट्टराईलाई निर्देशन दिएको उनीनिकट स्रोतले जानकारी दिएको छ।

तर, कांग्रेसमा उम्मेदवार हुन क्षेत्र, जिल्ला हुँदै केन्द्रमा नाम आउनुपर्नेछ। तनहुँका एक नेताका अनुसार अहिलेसम्मे क्षेत्रीय समितिले बैठक राखेर जिल्लामा नामसमेत पठाएको छैन।
तर उम्मेदवार बन्नका लागि भट्टराईसहित १२ नेताले नाम टिपाएका छन्। वैशाख १० मा तनहुँ १ सहित चितवन-२ र बारा- २ मा पनि उपनिर्वाचन हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका