"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रालय भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति :  28 March, 2023 11:16 am


काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले  मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ । बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु बीच भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।प्रधानमन्त्री प्रचण्डले मन्त्री भागबन्डाको मोटामोटी प्रस्ताव पेस गरे पनि त्यसमा सदै साझेदार दलहरूबीच सहमति भइसकेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता