"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन

प्रकाशित मिति :  28 March, 2023 1:19 pm


काठमाडौं । बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्‍याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन भएको छ।  गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो। 

टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन्।  मंगलबार बिहान मिटरब्याजी पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए। त्यसबीच गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोली पुगेर उनीहरूसँग वार्ता गरेका थिए। 

त्यसपछि अहिले पुन: वार्ता टोली गठन भएको हो। ‘उहाँहरूले भेट्न खोज्नुभएको थियो। भेट्न जानुअघि उहाँहरूका कुरालाई बुँदागत रूपमा कसरी लाने भन्ने विषयमा हामीले सोधेका छौं,’ गृहका उपसचिव दिलकुमार तामाङले भने, ‘उहाँहरूसँग आज छलफल गर्छौं।’

११ दिन हिँडेर आइतबार मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका हुन्। पटकपटक गरी उनीहरू न्याय माग्न काठमाडौं आउने गरेका छन्। काठमाडौं आएर उनीहरू सुरूमा मातातीर्थमा बास बसेका थिए। सोमबार काठमाडौंको खुलामञ्चमा बास बस्ने तयारीमा थिए। तर महानगरले उक्त ठाउँमा प्रवेश दिएन। उक्त ठाउँमा प्रवेश नदिएपछि उनीहरू खुलामञ्चको पश्चिम गेटबाहिर सडकमै सुतेका थिए। 

यस्तै आज बिहानै उनीहरू प्रधानमन्त्रीलाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द