"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थ मन्त्रालयमा बजेट निर्माणको कार्यतालिका तय

प्रकाशित मिति :  30 March, 2023 7:12 pm


काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका तय गरेको छ।  संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा प्रस्तुत गर्नुपर्ने बजेटको लागि चैत १५ गतेदेखि जेठ १५ गतेसम्मको कार्यतालिका तय गरिएको अर्थमन्त्रालय सचिव डा. रामप्रसाद घिमिरेले जानकारी गराए।

मन्त्रालयले तयार पारेको कार्ययोजनामा चैत १५ देखि वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगले बजेटको नीति तथा कार्यक्रममाथि छलफल गरिने छ।  चैत २१ गतेदेखि राजस्व परामर्श समितिबाट प्राप्त सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन तयार पार्ने काम अगाडि बढाइने बताइएको छ।

चैत २६ गतेबाट मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआइएस)मा विषयगत मन्त्रालयमार्फत बजेट प्राप्त गर्ने, चैत २६ गते देखि वैशाख २० गतेसम्म मन्त्रालयसँग बजेटको कार्यक्रम र खर्च शीर्षकमाथि छलफल हुने तालिका सार्वजनिक गरिएको छ। चैत २६ गतेदेखि वैशाख २५ गतेसम्म सरोकारवालासँग बजेटबारे सुझाव संकलन गर्ने बताइएको छ। 

यस्तै वैशाख २१ गते मन्त्रालयले बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गर्नेगरी कार्यतालिका तय गरिएको छ।  जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने गरी कार्यतालिका तय गरिएको हो।

वैशाख २० गते सार्वजनिक संस्थाहरुको प्रगति विवरण (पहेँलो पुस्तिका) छपाइका लागि पठाउने, वैशाख २१ गतेभित्र विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्ने, वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाइका लागि पठाउने, जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार पार्ने, जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्ने, जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने कार्यतालिका छ।

जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने तयारीमा अर्थ मन्त्रालय छ।

जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषद्मा बजेटको बिफ्रिङ हुनेछ। सोही दिन बजेटसम्बन्धी विद्येयक छपाइका लागि प्रेसमा पठाउने तथा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गर्नेछन्।

संवैधानिक व्यवस्थानुसार जेठ १५ गते अर्थमन्त्रीले संघीय सदनमा बजेट प्रस्तुत हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण