"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  5 April, 2023 3:31 pm


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सफ्टवेयर खरिदमा अनिमितता गरेको भन्दै आयोगले मरासेनीसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिम्रौनगढ नगरपालिका बाराको आ.व. २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कार्यका लागि मरासेनी, चौधरी र यादवले टिप्पणी पेस तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख ९९ हजार ८ सय ९७ भुक्तानी गरेको तर उक्त सफ्टवेयर प्रयोग नगरी सरकारी सम्पत्तिमा हानी पुर्‍याएको आयोगको दाबी छ ।

उनीहरूलाई उक्त रकम बराबरकै बिगो कायम गरी सजायको माग दाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ