"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यूएई शीर्ष दुई स्थानमा रहँदै विश्वकप छनोट खेल्ने निश्चित

प्रकाशित मिति :  5 April, 2023 4:11 pm


काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय टिमले २ चैतमा कीर्तिपुरमा भएको आईसीसी क्रिकेट वर्ल्डकप लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध सनसनीपूर्ण जित रच्दै क्रिकेट विश्वकप २०२३ छनोटमा स्थान बनाएको थियो । यूएईले पनि नामिबियामा भइरहेको छनोटको प्ले–अफमा शीर्ष दुई स्थानमा रहँदै विश्वकप छनोट खेल्ने निश्चित गरेको छ ।

नामिबियासमान ६ अंक बनाएको यूएईले प्ले–अफको अन्तिम खेलमा आज जर्सीविरुद्ध खेल्दै छ । तर, यो खेल हारे पनि यूएई विश्वकप छनोटमा पुग्ने छ । चार अंक जोडेको क्यानडाले पनि पपुवा न्यु गिनीलाई पराजित गरेमा नामिबिया र यूएईसमान अंक बनाउनसक्छ ।

आयोजक टिम नामिबियाले भने प्ले–अफमा सबै ५ खेल खेलिसक्यो । अंक बराबर भएको स्थितिमा हेड–टु–हेडको आधारमा निर्णय हुन्छ, जसमा युएई अगाडि छ । उसले नामिबिया र क्यानडालाई पराजित गरेकाले अंक बराबर भएको अवस्थामा पनि प्ले–अफमा दोस्रो स्थान निश्चित गर्दै विश्वकप छनोटमा स्थान बनाइसकेको आईसीसी (इन्टरनेसनल क्रिकेट काउन्सिल) ले जनाएको छ ।

पाँच खेलमा चार जित हात पारेर आठ अंक जोडेको अमेरिकाले शीर्षस्थानमा रहेर प्ले–अफ टुंग्याउने पनि निश्चित रह्यो । किनभने उसले यूएईलाई पराजित गरिसकेको छ र अब यूएईले जर्सीलाई हराएर अंक बराबर गरेपनि हेड–टु–हेडमा अमेरिकालाई उछिन्न सक्ने छैन । जिम्बाबेमा १८ जुनदेखि ९ जुलाईसम्म हुने अन्तिम छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट दुई टिमले विश्वकप २०२३ खेल्ने छन् । आउने विश्वकप ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतमा हुने छ ।

छनोटमा लिग-२ का शीर्ष तीन टिम स्कटल्यान्ड, ओमान र नेपाल, प्ले–अफबाट छनोट भएका अमेरिका र यूएई तथा आईसीसीका पूर्ण सदस्यहरूको प्रतियोगिता सुपर लिगमा पुछारमा रहेका पाँच टिम गरी १० देशले खेल्ने छन् । सुपर लिगका वेस्ट इन्डिज, श्रीलंका, जिम्बाबे र नेदरल्यान्ड्स छनोटमा झरेका छन् । सुपर लिगबाट छनोटमा झर्ने अर्को एक टिम दक्षिण अफ्रिका वा आयरल्यान्ड हुने छ ।

सुपर लिगका शीर्ष आठ टिमले सीधै विश्वकप खेल्ने छन् । आयोजक भारतसहित न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान ५० ओभरको विश्वकपमा छनोट भइसकेका छन् ।

मंगलबार नेदरल्यान्ड्सविरुद्धको श्रृंखला जितेपछि दक्षिण अफ्रिका सुपर लिगको आठौं स्थानमा उक्लिएको छ । तर, अर्को महिना बंगलादेशविरुद्धको श्रंखला क्लिन–स्वीप गरेमा आयरल्यान्डले दक्षिण अफ्रिकालाई पन्छाउँदै विश्वकपमा छनोट हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट