"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिफा वरीयता : अर्जेन्टिना शीर्ष स्थानमामा, नेपालको एक स्थान सुधार

प्रकाशित मिति :  6 April, 2023 6:01 pm


काठमाडौं । फिफा वरीयतामा पुरुषतर्फ नेपाल एक स्थान माथि उक्लिएको छ । गत डिसेम्बरमा विश्वकप फुटबल जितेको अर्जेन्टिना बल्ल वरीयताको शीर्ष स्थानमा उक्लेको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५औं स्थानमा थियो ।

केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि जितेपछि नेपालको वरीयता एक स्थान सुधार भएको हो । थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको थियो भने भुटानसँग १-१ को बराबरी खेलेको थियो । लाओस विरुद्धको फाइनल खेल भने पिफा मिति भन्दा बाहिरको भएकोले औपचारिक मान्यता पाएको थिएन ।

पछिल्लो समय नेपाली खेलाडीहरु लगातार विदेशिन क्रम जारी रहँदा नवनियुक्त इटालियन प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ युवा खेलाडीहरु समावेश गर्दै थ्री नेसन्स कपका लागि टिम तयार पारेका थिए । जसमा चार खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

वरीयतामा दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल भन्दा अघि रहेको भारत १०१औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५४औं स्थानमा उक्लेको छ । भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार